New Page 1
 
News
पोखरा उपमहानगरपालिकाको वार्षिकोत्सवमा त्रिदिवसीय कार्यक्रम पोखरा १३ माघ सोम लम्साल पोखरा उपमहानगरपालिकाले आफनो वार्षिकोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउने भएको छ । नगरपालिकाले माघको १६, १७ र १८ गते तिन दिन सम्म कार्यक्रम गर्न भएको हो । पोखरा उपमहानगरपालिकाले आफनो वार्षिकोत्सव मनाउनको लागि कार्यकारी अधिकृत तिलक पौडेलको संयोजकत्वमा वार्षिकोत्सव मुल आयोक समिति गठन गरेको छ । त्यसै गरी नगरपालिकाले कार्यक्रम सम्पन्न गर्नकालागि विभिन्न उपसमितिहरु समेत गठन गरेका छ । प्रगति पर्दशन उपसमितिको संयोजकमा पूर्णबहादुर गुरुङ रहेका छन । त्यसैगरि सदस्यहरुमा सुरेन्द्र पाण्डे, कल्पना बराल अरुणराज पौडेल, शिवहरि शर्मा, खेमबहादुर भण्डारी, ओमराज पोडेल, ध्रव भट्टराई, छविलाल शर्मा, चन्द्रावती वाग्ले र सोमनाथ लम्साल रहेका छन । त्यस्तै खेलकुद उपसमितको संयोजकमा बसन्तप्रसाद चालिसे, नारायणप्रसाद शर्मा, महेन्द्रबहादुर गोदार, छविलाल शर्मा, चुडामणि तिवारी, दिपेन्द्र शर्मा, रेशम जिसी, रामबहादुर केसी, नेत्रप्रसाद तिमिल्सिना, रहेका छन । त्यसै गरि मञ्च व्यवस्पन समितिको संयोकमा अनन्तप्रसाद कोइराला, चुडामणि तिवारी, कमला गुरुङ, हर्क गायक, मञ्जु गुरुङ, भरतराज पौडेल, सरस्वती अधिकारी, र दुर्गा गिरी रहेका छन । त्यसतै खुला रक्तदान कार्यक्रममाको संयोजकमा चन्द्रावती वाग्ले रहेकी छन भने सदस्हरुमा दुर्गा भुजेल, सूर्यमोहन पौडेल, मञ्जु गुरुङ रहेका छन । पोखरा उपमहानगरपालिकाको वार्षिकोत्सव कार्यक्रम–२०६८ को कार्यक्रम अनुसार माघको सोह्र गते पोखरा सभागृहमा प्रगति प्रर्दशनी गर्ने भएको छ । प्रगति प्रर्दशनमा नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य–मुख्य गतिविधिहरु रहने छन । त्यसतै टोल विकास सस्ंथा र उपभोक्ता समितिका उल्लेखनीय कार्यहरुको पनि प्रर्दशनी हुने भएको छ । यसको मुल्यांकनको लागि नागरिक निगरानी टोलीबाट गरिने भएको छ । खेलकुद कार्यक्रम अन्तरगत अन्तर स्थानीय निकाय खेलकुद कार्यक्रम रहेको छ । जसमा भलिबल र व्यडमिन्टन रहेको छ । पोखरा सभागृहमा सञ्चालन हुने यो कार्यक्रमलाई माघको १६ र १७ गते गर्ने भएको छ । कार्यक्रम अन्र्तगत वृद्धाश्रममा फलफूल वितरण अठार गर्ने भएकोछ । कार्यक्रममा खुला म्यारथन दौड प्रतियोगिता हुने भएको छ । दौडमा महिला र पुरुषको भिन्ना भिन्नै रुट नगरपालिकाले तय गरेको छ । माघको १८ गते हुने उक्त कार्यक्रमा दौड हुने रुट (महिलाहरुको लागि) सभागृह चोक देखि शुरु भई पृथ्वीचोक, एयरपोर्टचोक, मुस्ताङ्गचोक, राष्ट्रबैंकचोक, रत्नचोक, सृजनाचोक, सिद्धार्थचोक, विपिचोक (चिप्लेढुङ्गा) भई सभागृहमा टुङ्गिने छ । दौड हुने रुट (पुरुषहरुको लागि) सभागृह चोक देखि शुरु भई पृथ्वीचोक, एयरपोर्टचोक, मुस्ताङ्गचोक, शहिदचोक, हल्लनचोक, जिरो किमि सृजनाचोक, सिद्धार्थचोक, विपिचोक (चिप्लेढुङ्गा) भई सभागृहचोकमा टुङ्गिने छ । त्यसतै सोही दिन खुला रक्तदान कार्यक्रम पनि हुने भएको छ । दौड प्रतियोगिताका लागि नगरवासीहरुले सम्बन्धित वडा कार्यालयमा वडा सचिवलाई सम्र्पक व्यक्तिकोरुपमा तोकेको छ । म्यारथन दौडको लागि संघसस्ंथा वा वडा कार्यालयको सिफारिस भएको हुनुर्पे आयोजकले जनाएको छ । कार्यक्रममा दौडमा सहभागी हुनेहरुले पोखरा उपमहानगरका सम्पूर्ण इच्छुक महिला तथा पुरुषले भाग लिन सक्नेछन । साथै व्यवसायीक धावकहरु सहभागी हुन सक्ने छैनन । धावक महिला तथा पुरुषको हकमा संघसस्ंथा वा सम्बन्धित वडाको सिफारिस हुनु पर्नेछ । तोकिएको समयमा नामदर्ता नगरेमा कुनैपनि कार्यक्रमहरुमा सहभागी हुन पाइने छैन । सहभागी धावक एवं खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था मिलाइएको छ । प्रगति प्रदर्शकहरु मध्ये नागरिक मूल्यांकन एवं अनुगमन समितिको मूल्यांकनका आधारमा प्रमाणपत्रको व्यवस्था मिलाइनेछ । दर्ता हुनको लागि सबै कार्यक्रमको माघ पन्ध्रमा गराइसक्नुपर्ने वार्षिकोत्सव मुल आयोजक समिति भनेको छ । रक्तदान पोखरा सभागृह हुने मूल आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रमको समापन अठार गने पोखरा सभागृहमा गरिने भएको छ । नगरपालिकाले विगत वर्ष देखि मनाउदै आएको वार्षिकोत्सव कार्यक्रम यस पटक पनि उपमहानगरपालिका घोषणा भएको दिन माघ १८ गतेको सन्र्दभमा कार्यक्रम गर्न लागेको सूचना प्रमुख सोमनाथ लम्सालले जानकारी दिए
OTHER HEADLINES ON SAME CATEGORY

News

News

News

News

 

News

News

Read More ....

News

News

Read More ....

 
Notice

वार्षिकोत्सव सम्बन्धी अत्यन्त जरुरी सूचना !

वार्षिकोत्सव सम्बन्धी अत्यन्त जरुरी सूचना !

Read More ....

Other Notice headlines
Error!
the template headlines does not exists, note that templates are case sensetive and you must write the name exactly as it is